प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भरतपुरमा रेनु दाहालको अग्रता कायम

२०७९ जेठ ३, मंगलबार ०४:५० बजे

चितवन – भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छन् । मतगणनाको पछिल्लो परिणामअनुसार रेनुको मत ५८३० रहेको छ ।

एमालेका उम्मेदवार विजय सुवेदीले ५७९९ मत पाएका छन् भने भूइँकटहर चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २८५३ मत पाएका छन् ।
रेनु र सुवेदीबिचको मतान्तर ३१ रहेको छ भने जगन्नाथसंग २९७७ रहेको छ ।