प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रबि लामिछाने नेतृत्वको पार्टी प्रदेश सभाको निर्वाचनमा सहभागी नहुने

२०७९ भाद्र १, बुधबार ०२:५८ बजे

हेटौंडा – राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशसभाको निर्वाचनमा सहभागी नहुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै आफ्नो पार्टी यही मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको जानकारी दिएका हुन् । 

“यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ। यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ।,”उनले खेलेका छन्,“यहि संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन। प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं।हामीले परिकल्पना गरेको प्रदेश संरचनाको प्रस्ताव सहितको यो भिडियो संदेश।”

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्