हेटौंडा – छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटना परी पाँच वर्षीया बालकसहित ६ जनाको मृत्यु भएको छ । काठमाडौं दूई, मकवानपुर, तनहुँ, सुनसरी र महोत्तरीमा एकएक जना गरी पाँच जनाको मृत्यु भएको हो ।
गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेष्याको बुधबार बिहान ८स्३० बजे टिपरको ठक्करबाट ज्यान गएको छ। घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएको थियो। बालिकाहरुको उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ मा ना.४ त ६९१० नम्बरको ट्रयाक्टरबाट खसेर सोही उपमहानगरपालिका–८ कमाने बस्ने २३ वर्षीय राजेश मोक्तानको मंगलबार राति मृत्यु भएको छ ।गएराती साढे ९ बजे नागसोतीबाट कमानेतर्फ जाँदै गरेको ना ४ त ६९१० नम्बरको ट्रयाक्टरबाट मोक्तान खसेका थिए । उनी ट्रयाक्टरबाट घस्दा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा गएराती सवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ। घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।
तनहुँको म्याग्दे गाउँपालिका १ मा आज ट्रकको ठक्करबाट मोटरसाइकल चालकको तनहुँकै ऋषिङ गाउँपालिका २ कासीपुरका १९ वर्षीय तारन थापाको मृत्यु भएको छ । गम्भीर घाइते भएका थापाको उपचारको क्रममा जिल्ला अस्पताल दमौलीमा मृत्यु भएको हो । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग प ६०८३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ३ ख ४६९१ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुबै सवारी साधन सहित ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
त्यस्तै सुनसरीको रामधुनी नगरपालिका ६ बकलौरीमा आज मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ५३ वर्षीय नन्द कुमार श्रेष्ठ मृत्यु भएको छ । गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा बि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । श्रेष्ठले चलाएको को २४ प ९४५६ नम्बरको मोटरसाइकल आज विहान पौने ११ बजे दुर्घटना भएको थियो ।
त्यसैगरी महोत्तरीको सोनमा गाउँपालिका ८ शिवनगरमा आज खेत जोत्दै गरेको ट्याक्टरबाट लडेर स्थानीय कलाम हुसेनका ५ वर्षीय छोरा अकसर अलीको मृत्यु भएको छ । आज मध्यान्ह १२ बजे रोटाभेटर लगाइ खेत जोत्दै गरेको अनटेष्ट ट्याक्टरमा बसिरहेका बालक अचानक लडेर रोटाभेटरमा परी घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।