प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

नेपालमा ४ वर्षमा १२० वटा बाघ थपिए

२०७९ श्रावण १३, शुक्रबार ०६:४० बजे

काठमाण्डौ – नेपालमा बाघ ३ सय ५५ वटा रहेका छन् । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणको तथ्याङ्क सार्वजनिक गर्दै बाघको सङ्ख्या ३ सय ५५ पुगेको जानकारी दिएका हुन्।

सन् २०१८ मा २ सय ३५ वटा बाघ रहेकोमा त्यसयता बढेर ३ सय ५५ पुगेको हो । पछिल्लो ४ वर्षमा १ सय २० वटा बाघ थपिएका छन् ।

तथ्याङ्क अनुसार सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ बाघ छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५, पर्सा राष्ट्रिय निकुञ्जमा ४०, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३८ र बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेको तथ्याङ्कमा उल्लेख छ ।