प्रहर खबर
 २०८३ कार्तिक ८, शनिवार    

गुडिरहेको भ्यानबाट यात्रु खसेपछि...

२०७९ भाद्र ३०, बिहीबार १०:५४ बजे

हेटौंडा – गुडिरहेको भ्यानबाट खसेर २ जना घाइते भएका छन् । सुर्खेतको बराहताल गाउँपालिका २ गिरीघाट नजिकै आज(बिहीबार) भे १ ज ८९९ नम्बरको भ्यानबाट खसेर दुई जना घाइते भएका हुन् ।

घाइते सुर्खेतकै चौकुने गाउँपालिका ३ की १५ वर्षीया चन्द्रा सलामी र दैलेखको भगवतीमाई गाउँपालिका २ की ३ वर्षीया बालिका मनिषा विक रहेका छन् ।घाइतेहरुको उपचार जिल्ला अस्पताल सुर्खेतमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार मध्यान्ह १२ बजे भे १ ज ८९९ नम्बरको भ्यानको ढोका अकस्मात खुल्दा दुई जना भ्यानबाट खसेका थिए । भ्यान चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।