प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

शौचालयभित्रको पानीको ड्रममा नवजात शिशु मृत भेटिए

२०८० कार्तिक २३, बिहीबार २१:२३ बजे

हेटौंडा – शौचालयभित्र रहेको पानीको ड्रममा डुबिरहेको अवस्थामा नबजात शिशु मृत भेटिएका छन् । यो घटना नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नं. ५ कार्कीगाउँको हो ।

बागमती प्रदेश प्रहरी हेटौंडाका अनुसार कार्कीगाँउ बस्ने कर्ण बहादुर तामाङको शौचालयमा शौचालयभित्र रहेको पानीको ड्रममा डुबिरहेको नबजात शिशु (छोरा) मृत अवस्थामा फेला परेको हो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।