काठमाडौँ – दार्चुलाको महाकाली नगरपालिका–३ स्थित सडकमा सु.प.प्र.०२००२ त १५९२ को ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
सोही नगरपालिका–३ मानाकोट बस्ने ४० वर्षीय हरक सिंह नगालको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।