प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गैँडाको आक्रमणबाट एक जना घाईते

२०८१ बैशाख २२, शनिबार १९:५० बजे

हेटौंडा – चितवनको भरतपुर महानगरपालिका २२ पटिहानीमा शुक्रबार गैँडाको आक्रमणबाट एकजना घाईते भएका छन् ।

घाइते हुनेमा भरतपुर महानगरपालिका २२ पटिहानीका ७२ वर्षीय टंक बहादुर पाण्डे रहेको छन् । पाण्डे आफ्नै मकै बारीमा काम गर्ने क्रममा जंगली गैँडाले आक्रमण गरि घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

गैँडाको आक्रमणबाट घाईते पाण्डेको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।