प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा सडक भन्दा अग्लो नाला, बर्खायाममा सडकको पानी कहाँ जाला ?(तस्वीरहरु)

२०८० जेठ २३, मंगलबार १२:०९ बजे

हेटौंडा – सडक भन्दा नालाको सतह तल हुनुपर्छ । त्यो सामान्य मानिसलाई पनि थाहा भएको कुरा हो । किनकी त्यहाँ सडकको पानी बग्नुपर्छ । तर हेटौंडामा भने सडक भन्दा नालाको सतह अग्लो बनाईएको पाइएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं.४ स्थित भूवनेश्वर मार्गमा सडक भन्दा नालाको सतह अग्लो बनाईएको पाईएको हो । चौडा देखिने सडकमा करिब चार इन्चिको कालोपत्रे गरिएको छ ।

पशुपति मन्दिरबाट कर्मचारी सञ्चयकोषको अफिसतर्फ सडकको कालोपत्रे भन्दा नालाको भाग अग्लो बनाईएको देख्न सकिन्छ । केही स्थानमा नाला समेत निर्माण नगरी कालोपत्रे गरिएको समेत पाईएको छ । 

बर्खायाममा सडकको पानी नालामा जान्छ कि नालाको पानी सडकमा ? भन्दै सामाजिक सञ्जालमा विरोध हुनुको साथै ट्रोल समेत बनेको छ ।

हुप्राचौर नामक फेसबुक पेजमा पोष्ट भएको भिडियोमा अधिकांश ब्यङ्ग्यात्मक प्रतिक्रिया आएका छन्, भने विशाल भण्डारी नामक एकाउन्टले लेखेको छ, ‘सम्बन्धित निकायले यथासिघ्र, यो किन कसरी भयो भन्ने कुरा पत्ता लगाएर बर्खा भन्दा पहिले सुधार गर्नु पर्यो ।’

तस्वीरहरुः–