प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा भीरबाट लडेर एक जना गम्भीर घाइते

२०८१ कार्तिक २२, बिहीबार ०९:११ बजे

हेटौंडा – मकवानपुरगढी गाउँपालिका–५, लखनटोलका ४२ वर्षीय हर्क बहादुर दोङ भिरबाट लडेर गम्भीर घाइते भएका छन्।

घरबाट गाउँतर्फ जाने क्रममा करिब २०० मिटर पूर्वतर्फ पर्ने गोरेटो बाटोको भीरबाट लडेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार हर्क बहादुरको टाउको, ढाड, अनुहार, दुबै खुट्टा र छातीमा भित्री चोट लागेको र अवस्था गम्भीर रहेको चिकित्सकहरूले जानकारी दिएका छन्। हाल उपचारमा उनका छोरा सोनाम सिंह दोङ संलग्न रहेका छन्।