हेटौंडा – चितवनको राप्ती नगरपालिका वडा नंं.१२ स्थित एक जंगलमा मानव कंकाल भेटिएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार जंगलमा स्थानियहरू घाँस काटन जाँदा खोल्सामा मानव कंकाल र कपडा फेला परेको हो ।
कपडाकै आधारमा उक्त कंकाल सोही वडा बस्ने ८३ बर्षीय जंगे तामाङको रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।