प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ घाइते

२०७९ जेठ २७, शुक्रबार ०७:३२ बजे

हेटौंडा – जिप सडकबाट खसेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

जाजरकोटको जुनिचाँदे गाँउपालिका ५ वलेबनमा कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्बरको जिप दुर्घटना हुँदा दैलेखको गुँरास गाँउपालिका ७ की अन्दाजी ३४ बर्षीया कालिका शाही, सोही गाँउपालिका ५ शिवपुरीकी अन्दाजी ४० बर्षीया पुतला गिरी र सोही स्थानका अन्दाजी २१ बर्षीय दर्शन शाहीको मृत्यु भएको हो । २ जनाको घटनास्थलमै र १ जनालाई उपचारको लागी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका अन्य सबैलाई उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल जाजरकोट तर्फ पठाइएको छ भने केही थप उपचारको लागी सुर्खेत पठाउने तयारी भइरहेको छ । घाइते मध्ये चालक सहित ३ जनाको अवस्था गम्भीर रहेको छ । लुहादहबाट शिवपुरीतर्फ जादै गरेको जिप आज बिहान साढे ७ बजे एक्कासी ब्रेक फेल भएर पल्टिएको ईलाका प्रहरी कार्यालय गर्खाकोट जाजरकोटले जनाएको छ ।