हेटौंडा – सुनका गरगहना लुट्न अर्घाखाँचीमा एक युवकले ६० वर्षीया महिलाको हत्या गरेको खुलेको छ । जिल्लाको शितगंगा नगरपालिका–१० बस्ने ६० वर्षीया राधा थापाको स्थानीय जंगलमा आइतबार बिहान टाउकोमा गहिरो चोट लागेको अवस्थामा शव फेला परेको थियो ।
घटनाको अनुसन्धानको क्रममा सोही नगरपालिका–१० बोरखोर बस्ने भारत नईपालम बिहार गुडगाँव हरियाणा घर भएका २३ वर्षीय सुशान्त सिंहले थापाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा राधाले लगाएको सुनका गरगहना लुट्न सिंहले आइतबार बिहान महिला दुध लिन गएको अवस्थामा ढुंगा र हँसिया प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीको दाबी छ ।
घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले घटनामा संलग्न सिंहलाई शितगंगा नगरपालिका–११ मुन्द्रीबासस्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिन म्याद थप अनुमति लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।