काठमाडौं – झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
हल्दिबारी गाउँपालिका–२ स्थित चिया बगानमा हात्तीको आक्रमणबाट भद्रपुर नगरपालिका–७ बस्ने ५३ वर्षीय गिरेन कर्मकारको मृत्यु भएको हो ।
कर्मकारलाई आज बिहान महेन्द्र पोखरेलको चिया बगानमा जङ्गली च्याउ टिप्ने क्रममा हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाृे छ ।