प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

जन्ती बसको ठक्करबाट एक जनाको मृत्यु

२०७९ मंसिर २९, बिहीबार ०७:३५ बजे

हेटौंडा – जन्ति बोकेको बसको ठक्करबाट पर्वतमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय जुठे बहादुर दमाई रहेका छन् ।

जलजला गाउँपालिका ८ नाइलिवाङमा आज बिहानै पर्वतबाट तनहुँ जन्ती लिएर जाँदै गरेको ध १ ख ४९४ नम्बरको बसले दमाईलाई आज बिहान सवा ३ बजे ठक्कर दिएको थियो ।

धौलागिरी अस्पताल बाग्लुङमा उपचारको क्रममा पौने ४ बजे जुठे बहादुरको मृत्यु भएको प्रहरी चौकी मिलनचोक पर्वतले जनाएको छ । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।