प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा लामा घाइते

२०८० बैशाख १, शुक्रबार १५:०० बजे

हेटौंडा – पुर्वपश्चिम सडक अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नं.९ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौडा उपमहानगरपालिका– ११ बस्ने बर्ष ५५ को साईला लामा रहेका छन् ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००२प ७३५१ नम्बरको मोटरसाइलक शुक्रबार विहान आफै अनियन्त्रीत भएर दुर्घटना हुँदा लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लामाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको स्वस्थ्य अवस्था सामान्य रहेको छ ।