प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेशमा राप्रपाका तीन मन्त्रीले दिए राजीनामा

२०७९ फाल्गुन १४, आईतबार ०५:०१ बजे

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को तर्फबाट बागमती प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिएका छन् । उनीहरुले शनिबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेलको नेतृत्वको सरकारमा राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री उद्धव थापा, पर्यटन, डम्बर तामाङ उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहेका थिए ।