हेटौंडा – सिन्धुली कमलामाई नगरपालिका–६ धुराफाँटमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २० वर्षीया देवी कुमारी योञ्जन रहेका छन् ।
प्रहरीका अनुसार मोटरबाट पानी चलाउन स्विच अन गर्ने क्रममा अचानक सट भएर योञ्जनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएकी योञ्जनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको लागि लगिएको थियो । त्यहाँ उपचार नहुने भएपछि हेम्स अस्पताल काठमाण्डौं पठाईएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।