प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७९ असार १३, सोमबार ०८:५५ बजे

हेटौंडा – गएराती जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कबिलासामा बा १८ च ९३९० नम्बरको जिप ठक्करबाट डाक्नेश्वरी नगरपालिका ४ भुतहीका ५० वर्षीय रघुबिर रामको मृत्यु भएको हो ।

पैदल हिडिरहेका उनलाई गएराती पौने १२ बजे जिप पछाडी सार्ने क्रममा ठक्कर दिएको हो । जिपको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सहित चालकलाई इलाका प्रहरी कार्यालय पातोले नियन्त्रणमा लिएको छ ।