प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

६ निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा, कुनलाई कति वर्ष ?

२०७८ चैत्र २१, सोमबार ०४:०३ बजे

हेटौंडा – सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ६ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले सोमबार एक सुचना जारी गर्दै ती कम्पनीहरूलाई कार्यालयले कालोसूचीमा राखेको जानकारी दिएको छ ।

कार्यालयले नेपाल विद्युत प्राधिकरणको सिफारिसमा टीबीईए इनर्जी ९इन्डिया० प्रालि र पीपी इन्डस्ट्रिज प्रालिलाई संयुक्त रूपमा ३ वर्ष, चिराग कन्ट्रक्सन, कर्णाली विल्डर्स, फैजल एन्ड अफजल कन्ट्रक्सन, कुशलदेव निर्माण सेवा र तितुङ कन्ट्रक्सन प्रालिलाई १–१ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कायालयका अनुसार उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कोलो सुचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा माग लिन पाउने छैनन् ।

सुचना