प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा २५ गज सडक बिस्तार गर्न जनप्रतिनिधी एकमत

२०८० असार १६, शनिबार १४:४८ बजे

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाले बजार क्षेत्रको सडक विस्तारका लागि समन्वय र सहकार्यका लागि सर्वसम्मत निर्णय गरेको छ । शनिबार बसेको हेटौँडा उपमहानगरपालिकाको १३ औँ नगरसभाको दोस्रो बैठकले उक्त निर्णय गरेका हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

लामो समयदेखि चर्चामा रहेको हेटौंडा बजारक्षेत्रको सडक बिस्तारको बिषयमा हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधीहरुको एक मत देखिएको छ । सडक विस्तार नहुँदा हेटौँडा बजार क्षेत्रको विकासमा समेत समस्या हुँदै आएको र सोही कारणले क्षतिपूर्ति र व्यवसायीको समस्याको विषयमा स्थानीय सरकारले आवश्यक पहल र समन्वय गर्ने प्रवक्ता न्यौपानेले बताए ।

सर्वोच्च अदालतको मिति २०७८–९–१९ को उत्प्रेरण आदेशमार्फत उक्त खण्डको सडक सीमा सडक केन्द्रबाट २५/२५ जग कायम भएको, उल्लेख भएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले असार १० मा पुनः सडक क्षेत्रका अतिक्रमित घर टहरा तथा अन्य संरचना हटाउन सूचना जारी गरेको हो । सडक डिभिजन हेटौँडाले सडकको दायाँबायाँ २५र२५ मिटर भित्र रहेका घर टहरा ३५ दिनभित्र हटाउन भन्दै गत असार १० मा सूचना जारी गरेको थियो ।