प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपालले टस जित्यो, ज्ञानेन्द्र र करण बेन्चमा

२०७९ फाल्गुन २८, आईतबार ०३:५३ बजे

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईविरुद्धको खेलमा नेपालले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जिते र पहिले ब्याटिङ रोजेको छ ।

 नेपालका कप्तान रोहित कुमार पौड्यलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । नेपालविरुद्ध यूएईले केही बेरमा बलिङ गर्नेछ ।

नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । नेपालले उनीहरुको स्थानमा ललितनारायण राजवंशी र गुलशन झालाई स्थान दिएको छ ।

नेपाल आजको खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । सोझै विश्वकप छनोट खेल्न पनि नेपाललाई आजको जित महत्वपूर्ण छ ।

नेपालको प्लेईङ-११

आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,गुलशन झा, रोहित पौडेल (कप्तान),भिम सार्की,दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,कुशल मल्ल,ललित नारायण राजवंशी,सोमपाल कामी र सन्दीप लामिछाने