प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडी

२०८१ बैशाख ९, आईतबार २०:३२ बजे

काठमाडौँ – दुबईमा हुने एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ गरिएको छ ।

आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बैशाख १२ देखि १५ गतेसम्म युएईको दुबईमा हुने एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई बिदाइ गरेका छन् ।
सो च्याम्पियनसिपमा पुरुषतर्फको ८०० र १५०० मिटर दौडमा बादल कार्की, पुरुषतर्फको १०० र २०० मिटर दौडमा आदेशकुमार यादव, पुरुषतर्फको १५०० र ३००० मिटर दौडमा अजय विक सहभागी हुदै छन् । त्यस्तै महिलातर्फ १५०० र ३००० मिटर दौडमा कल्पना बुढाले भाग लिदै छन् ।

त्यस्तै खेलाडीसँगै प्रशिक्षकको रुपमा कान्ती महतो पनि जादै छन् ।