प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मेयर बालेन साह बुवा बन्दै

२०७९ फाल्गुन ३०, मंगलबार ०६:३३ बजे

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह बुवा बन्न लागेका छन्। उनकी पत्नी सविना काफ्ले गर्भवती रहेको
खबर सार्वजनिक भएको छ ।

बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो । विवाह गरेको ५ वर्षपछि बालेन र सविना बुवा-आमा बन्न लागेका हुन् । 

एक सञ्चारमाध्यमले भिडिओ एक्सरेमा सविनाको पेटमा जुम्ल्याहा बच्चा देखिएको समाचारमा उल्लेख गरेको छ ।

पब्लिक हेल्थमा मास्टर्स गरेकी सविना मोरङ, उर्लाबारीकी आरजे थिइन् । उनी लेखिका पनि हुन् । उनको ‘दीप–लता’ नामको उपन्यास प्रकाशित छ ।

मेयर बालेन साह अहिले एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान २ बजेको फ्लाइटबाट लण्डन प्रस्थान गरेका छन्।