प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

साथीले बोकेको बन्दुक पड्किँदा एकको मृत्यु

२०८० बैशाख ११, सोमबार ०२:२७ बजे

हेटौंडा – नुवाकोटमा सिकार खेल्न गएका युवकको साथीले बोकिराखेको बन्दुक पड्किदा गोली लागेर मृत्यु भएको छ।

नुवाकोटको मेगाङ गाउँपालिका–४, किम्ताङ गङमरङ सामुदायिक वनमा शिकार खेल्न जाने क्रममा साथीले बोकेको बन्दुक पड्किँदा स्थानीय ३२ वर्षीय पन्जा घलेको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

आइतबार सिकार खेल्न जाने क्रममा घलेका साथी ३० वर्षीय अमृत तामाङ घलेले बोकेको भरुवा भन्दुक पड्किदा उनको छातीमा लागेको थियो ।  तामाङलाई भरूवा बन्दुक सहित नियन्त्रणमा लिएर आवश्यक कारवाही भईरहेको प्रहरीले जनाएको छ ।