हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको राजधानी मेड्रिड पुगेका छन् ।
प्रधानमन्त्री ओली अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।विमानस्थलमा ओलीलाई स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ सम्मेलनस्थल सेभिल्ला पुग्ने कार्यक्रम छ ।
विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन ओली शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए ।