प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भारतमा नेपाली युवकको शव फेला

२०८१ बैशाख २७, बिहीबार १८:५५ बजे

डडेल्धुरा – डडेल्धुराका एक युवक भारतको कालुपुर रेल्वे स्टेशनमा मृत फेला परेका छन्।

डडेल्धुराको अमरगढी नगरपालिका–९ का २५ वर्षीय सागर विक भारतको अहमदाबादको कालुपुर रेल्वे स्टेशनमा बुधाबार मृत फेला परेका हुन्। उनका आफन्तका अनुसार सागर अहमदाबाददेखि पन्जाब जान्छु भनेर ४ दिनअघि कालुपुर रेल्वे स्टेशनबाट हराएका थिए।

खोजी गर्ने क्रममा टाउकोमा चोट लागेको अवस्थामा उनको शव हिजो सोही रेलवे स्टेशनमा फेला परेको बताइएको छ। परिवारले हत्याको आशंका गरेको छ। उक्त विषयमा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ।