प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० बैशाख २६, मंगलबार ०८:१० बजे

हेटौंडा – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२, ढोडेनी स्थित भित्री सडक खण्डमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठेगाना बस्ने ३० वर्षीय पेमा तामाङ रहेका छन् ।

गणेशबगरबाट ढोडेनीतर्फ जाँदै गरेको बा ४ ख ५३८२ नम्बरको आइचर ट्रक आफैँ ब्रेक फेल भएर बाटोबाट अन्दाजी १० मिटर तल भीरमा खसेर दुर्घटना हुदाँ तामाङ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइचरमा सवार रहेका घाईते मानिसहरू उपचारको लागि धुलिखेल अस्पताल र मेलम्ची अस्पताल पठाईएको छ । आइचर चालक फरार रेहको निजको खोजतलास कार्य भईरहेको प्रहरीेले जनाएको छ ।