प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आफ्नै कार्यकर्ताद्वारा कुटिए विरोध खतिवडा

२०७९ कार्तिक २२, मंगलबार १०:०७ बजे

हेटौंडा – मकवानपुर क्षेत्र नम्बर दुईका उम्मेदवार विरोध खतिवडालाई आफ्नै कार्यकर्ताले कुटपिट गरेका छन् ।

मनहरी गाउँपालिका वडा नं.४ गोलघरस्थित बाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्न पुगेका खतिवडामाथि  कुटपिट भएको हो ।

खतिवडालाई गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रका कार्यकताले कुटपिट गरेको स्रोतले बतायो । स्रोतका अनुसार कुपिटक गर्नेमा माओवादी केन्द्रका मनहरी गाउँकमिटीका सदस्य पुरुषोतम् खड्का रहेका छन् ।

खतिवडाले पटक–पटक निर्वाचित भएर पनि जनताले सोचे अनुरुप काम नगरेको भन्दै कुटपिट गरेको स्रोतको भनाई छ । कुटपिटमा संलग्न खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य समेत रहेका खतिवडा मकवानपुर–२ बाट प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धनका संयुक्त उम्मेदवार हुन् । 

खतिवडा २०४८, ०५१, ०५६ र ०७४ मा निर्वाचित सांसद बनेका थिए । सांसद भएको ३० बर्षपछि खतिवडा स्वास्थ्यमन्त्री बन्ने अवसर समेत पाएका थिए। चारपटक सांसद बनेका खतिवडा पाँचौपटक सांसद बन्ने दौडमा छन् ।