प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

खेलकुद विकास समिति मकवानपुरद्वारा खेलकुद सामाग्री हस्तान्तरण

२०८० भाद्र २७, बुधबार १४:१२ बजे

हेटौंडा – जिल्ला खेलकुद विकास समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिका वडा नं.२ भालुन्टारमा रहेको उद्यमशिल नेपाललाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । बुधबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेस खड्कीसहितको टोलीले उद्यमशिल नेपालका खेलकुद व्यवस्थापक उर्गेन दोर्जे लामा(खेमराज)लाई खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् ।

करिब २० हजार रुपैयाँ बराबरको फुटबल, भलिबल, करातेका विभिन्न खेल सामाग्री हस्तान्तरण गरिएको हो ।अध्यक्ष खड्कीसहितको टोलीले उद्यमशिल नेपालका खेलाडीहरुको प्रशिक्षण स्थल निरिक्षण र खेलाडीको अवस्थाको बारे जानकारी लिएर खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् । खेलाडी उत्पादनलाई प्राथामिकता दिने क्लबहरुलाई खेलकुद सामाग्री सहयोग गर्दै आईरहेको बताउँदै खड्कीले खेलाडीहरुको राम्रो मेहेनत देखिए निरन्तर सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । 

खेल सामाग्री हस्तान्तरण कार्यक्रममा उद्यमशिल नेपालका अध्यक्ष साधुराम तिमल्सिना, जिल्ला खेलुकद विकास समितिका प्रमुख माधव कोइराला, जिल्ला खेलकुद विकास समिति तथा जिल्ला फुटबल संघका सदस्य आलोक स्याङ्तान, भलिवल प्रशिक्षक ईश्वर छत्कुल्ली, करोत प्रशिक्षक एवम् रेफ्रि सबिन ब्लोन, कराते प्रशिक्षक सुवास श्रेष्ठ, एनसीसी प्रशिक्षक चित्र बहादुर घले लगायत उद्यमशिल नेपालका खेलाडीहरु उपस्थिती रहेको थियो ।