हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलमा सवार बकैया गाउँपालिका–९ भालुखोला बस्ने ३३ वर्षीय सुकलाल स्याङतान र ३४ वर्षीय सन्त बहादुर न्यासुर रहेका छन् ।
हेटौंडा–फापरबारी सडकखण्ड अन्तर्गत बकैया गाउँपालिका४ र ५ को सिमाना सिमातपुरस्थित काठमाडौंबाट राईगाँउतर्फ जाँदै गरेको बा ५ ख २९४ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको ना १६ प ४६६३ नम्बरको सोमबार दिउँसो एकआपसमा ठोक्किँएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परी स्याङतान शरिरको बिभिन्न भागमा चोट र न्यासुरको शरिरसंगै टाउकोमा चोट लागेको छ । दुबै अवस्था गम्भीर रहेको दुबैको उपचारको लागि हेटौंडाफर्त ल्याईरहेको प्रहरीले जनाएको छ ।
बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिगात्मक तस्वीर