प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु, तीन जना घाइते

२०८० आश्विन २४, बुधबार १६:५६ बजे

सुनसरी – ईटहरीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

इटहरी उपमहानगरपालिका-३ शान्तिचोकस्थित सडकमा को.३१ प ६९४८ नम्बरको मोटरसाइकल र को.२१ प ६४३१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा को.२१ प ६४३१ नम्बरको मोटरसाइकलमा सवार धनकुटा घर भएका २६ वर्षीय दीपक मिरिङचिङ मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका को.२१ प ६४३१ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएका को.३१ प ६९४८ नम्बरको मोटरसाइकल चालक र सवार अन्य १ जनाको इटहरी नितान्त क्लिनिकमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।