हेटौंडा – सिन्धुपाल्चोकमा भीरबाट लडेर एक जनाको मृत्यु छ । मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका–६, पेट्कु बस्ने अन्दाजी ६५ वर्षीय गोपाल पाण्डे रहेका छन् ।
घरदेखी अन्दाजी एक सय मिटर पूर्व पर्ने भुमेथान भीरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी बाटोबाट करिब ७० मिटर तल मृत अवस्थामा फेला परेका थिए ।
घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।