काठमाडौं – डेङ्गु सङ्क्रमणबाट स्वास्थ्यकर्मी शशिकुमार भट्टराईको निधन भएको छ । स्वास्थ्य कार्यालय झापामा कार्यरत ५५ वर्षीय भट्टराईको सोमबार बिहान धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा निधन भएको हो ।
उनी स्वास्थ्य कार्यालय झापामा परिवार योजना अधिकृतका रूपमा कार्यरत थिए । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घका उपमहासचिव हिमालय तिवारीले महासङ्घका केन्द्रीय सदस्य।समेत रहेका भट्टराईको डेङ्गुका कारण मृत्यु भएको जानकारी दिए । भट्टराईलाई विगत तीन दिनदेखि आईसीयूमा राखेर उपचार गरिएको थियो ।