प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

२०७९ पौष ९, शनिबार ०७:१० बजे

हेटौंडा – रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ पञ्चकन्यामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना भने घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भारतीय नागरिक ३० वर्षीय सन्दिप कुमार दुवे रहेका छन् । भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा आज (शनिबार) बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार रुपन्देहीकै बुटवल उपमहानगरपालिका १३ बेलबासका ६२ वर्षीय तेज बहादुर रानाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल बिहान ५ बजे अनियन्त्रित भई रेलिङमा ठोकिएको थियो ।