प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बँदेलको आक्रमणबाट एक महिला घाइते

२०८० माघ १८, बिहीबार ०८:०५ बजे

बैतडी – बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छन्। पाटन नगरपालिका–५ धनचुलीकी ७० वर्षीया दुरा जोशी जंगली बँदेलको आक्रमण परि घाइते भएकी हुन्।

मंगलवार (हिजो) दिउँसो बाख्रा चराउन घर नजिकै बारीमा गएकी जोशीलाई जंगली बँदेलले आक्रण गरेर गम्भीर घाइते बनाएको पाटन नगरपालिका–५ की सदस्य पार्वती चन्दले बताइन्। घाइते जोशीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।