प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

२०७९ मंसिर २८, बुधबार ०७:५७ बजे

हेटौंडा – ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सुनसरीको बर्जु गाउँपालिका–१ गोपी चोकमा को १ त ६७७४ नम्बरको ट्याक्टरमा को ३४ प ६४७८ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार मोरङको रंगेली नगरपालिका १ का २७ वर्षीय धिरेन्द्र सरदार र बर्जु गाउँपालिका ५ का २६ वर्षीय निरज सरदार रहेका छन् । विराटनगर स्थित नोबेल अस्पतालमा उपचारको क्रममा सरदार द्वयको हिजो बेलुकीनै मृत्यु भएको प्रहरी चौकी शुक्रबारेले जनाएको छ ।