हेटौंडा – अटोको ठक्करबाट बारामा एक पैदलयात्रीको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नं ९ ठाडोलाइन सडकखण्डमा प्र.२–०३–००१ ह ४३३ नम्बरको अटोको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा निजगढ नगरपालिका १ नमुना बस्ती बस्ने ४० वर्षीया सानुमाया घिसिङ रहेकी छन् । शनिबार राति अटोको ठक्करबाट घिसिङ गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा वीरगञ्जको न्युरो अस्पतालमा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।