प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

६० किलो गाँजासहित दुई जना पक्राउ

२०८० पौष २७, शुक्रबार १६:४५ बजे

उदयपुर – उदयपुरमा ६० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-२ का ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोकबहादुर राई छन्।

उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनहरूलाई शुक्रबार बिहान कटारी नगरपालिका–७ देउलीकुनाबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रिस्कु कटारीबाट खटिएको प्रहरीले तीन वटा बोरामा उक्त परिमाणको गाँजा बोकेर लैजाँदै गरेको अवस्थामा दुबैलाई गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।