हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले तीनको अवधिमा जिल्लाभर १ सय २२ बिगाहा ६ कठ्ठा लागुऔषध गाँजा खेती फडानी गरेको दाबी गरेको छ ।
जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकामा १ सय २२ बिगाहा ६ कठ्ठा लागुऔषध गाँजा खेती फडानी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जनाएको छ ।
उनका अनुसार कार्तिक १२ गते ३ बिगाहा, ८ कठ्ठा, १३ गते ६१ बिगाहा, ३ कठ्ठा र १४ गते ५७ बिगाहा १५ कठ्ठा गाँजा फडानी गरिएको हो ।
मंगलबार राक्सिराङ–९ रिचोपुङ, सिमलटार लोजा, वाङराङ, खोल्सी, रुन्चेदाङ, चेउराङ क्षेत्रमा लगाएको २१ बिगाहा, राक्सीराङ– १ र २ मा २७ बिगाहा ५ कठ्ठा फडानी गरिएको उनले बताए ।
त्यस्तै कैलाश ८ को वाक्सिराङ ,सतपुर, पाख्रे, र वडा नम्बर ७ को बिलाउने, देरवारी लगायत क्षेत्रमा ९ बिगाहा १० कठ्ठा फडानी गरिएको उनले जानकारी दिए ।
फडानी गरिएको गाँजाको हरियो बोटलाई आगो लगाएर नष्ट गरिएको प्रहरीको भनाई छ ।