प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका १२ जना पत्रकार पुरस्कृत

२०८० असार १७, आईतबार १०:४९ बजे

हेटौंडा – फिचर लेखन प्रतियोगितामा सर्वोत्कृष्ट दुईसहित १२ जना मकवानपुरे पत्रकारहरु पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा भएको फिचर लेखन प्रतियोगितामा १२ जना पत्रकारहरु पुरस्कृत भएका हुन् ।

हेटौंडा उपमहानगरपालिकाभित्र भएका शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटनलगायतका विकासका क्षेत्रमा आधारित रहेर लेखिएको फिचर समाचारमा सर्वोत्कृष्ट महिला तर्फ सुनिता विष्ट र पुरुषतर्फ सुमन दाहाललाई नगद १५ हजार प्रदान गरिएको हो । त्यस्तै, उत्कृष्ट भएका स्मिता अर्याल, प्रतीक्षा न्यौपाने, निशा गुरुङ्, प्रिया पौडेल, सुजन ढकाल, अनिल पराजुली, रवीन ढुङ्गाना, श्रीराम अर्जुन, खेम बोलखे र जमुना तमाङ्लाई नगद १० हजारसहित पुरस्कृत गरिएको छ ।

फिचर लेखन प्रतियोगितामा १७ जनाको सहभागिता रहेको थियो । पत्रकार महासंघका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, प्रेस मञ्च नेपालका अध्यक्ष मनोज ढोडारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस सेन्टर मकवानपरकी अध्यक्ष अञ्जली थापा, पत्रकार महांसघका पूर्वअध्यक्ष राममणि दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, समाजवादी प्रेस संगठनका अध्यक्ष शिव चौलागाई र प्रेस चौतारी मकवानपुरका पूर्वअध्यक्ष हरि हुमागाईँ लगायतको आतिथ्यता रहेको थियो ।