प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

२५ डिएसपीको सरुवा, को–कहाँ खटाइए ?

२०७८ चैत्र ९, बुधबार ०४:४२ बजे

काठमाडौं – प्रहरी प्रधान कार्यालयले २५ प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवा गरेको हो ।

कार्यालयले जारी गरेको सूचनामा आवश्यकताका आधारमा डिएसपीहरुलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन दिइएको छ ।जसअनुसार, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत डीएसपी अंगुर जि।सी।लाई जिल्ला प्रहरी परिसर ललितपुरमा खटाइएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत डीएसपी कबित कटवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा खटाइएको छ ।

हेर्नुहोस्, कहाँका डिएसपी कहाँ खटाइने भए ?