काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घटेको छ । आज छापावाल सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा किनेबेच भएको थियो ।
यस्तै, तोजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार पाँच रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । अघिल्लो दिन १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।