प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पिकअपको हुटले बसमा सवार यात्रुको टाउकोमा लागेपछि...

२०८० बैशाख २९, शुक्रबार ०७:१९ बजे

हेटौंडा – बाराको सिमरामा पिकअपको हुटले टाउकोमा लाग्दा बसमा सवार एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका २ का ५२ वर्षीय नागेन्द्र महतो नुनिया रहेका छन् ।

सिमरा उपमहानगरपालिका २३ भुलहीमा आज विरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ९३६१ नम्बरको बसको झ्यालबाट टाउको बाहिर निकालेका उनलाई विपरीत दिशाबाट आएको प्रदेश २–०३–००१ च २४५२ नम्बरको योद्दा पिकअपको हुटले लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान पौने ७ बजे हुटले टाउकोमा लागेर गम्भिर घाइते भएका नुनियालाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।दुर्घटनामा संलग्न दुवै सवारी तथा चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।