काठमाडौं – काठमाडौंको सिनामङ्गलस्थित शम्भु मार्गमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।
आइतबार बिहान लागूऔषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको कडायतले बताए । प्रहरीको गोली लागेर एक जना लागूऔषध कारोबारी घाइते भएका छन् । घाइते कारोबारीको घुँडामा गोली लागेको छ । उनको केएमसी अस्पतालमा उपचार भइरहेको प्रवक्ता कडायतले बताए ।