प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सवारी दुर्घटनामा पूर्वमेयर गिरीको मृत्यु

२०८० असार २, शनिबार ०१:३९ बजे

काठमाडौं – सवारी दुर्घटनामा स्याङजा चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको मृत्यु भएको छ । गएराति बा १५ च १७०९ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार गिरीको मृत्यु भएको हो ।

चापाकोट नगरपालिका ४ दार्सिङ घर भएका पूर्वमेयर गिरी सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

स्कार्पियो चालक पुतलिबजार नगरपालिका ९ कोल्माका ३२ वर्षीय सुरज नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना कसरी भयो भन्ने थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिगात्मक तस्वीर