प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ असार १८, सोमबार २०:०७ बजे

काठमाडौं – जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-३ गिरीटोल घर भई ललितपुर गोदावरी नगरपालिका-६ बस्ने ५० वर्षीय कृष्ण कुमार दाहाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-२६ चापागाउँबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको जनाएको छ ।