प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा घाइते अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु

२०८२ असार १४, शनिबार १५:३७ बजे

हेटौंडा। मकवानपुरको हेटौंडामा घाइते अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु भएको छ।

शनिबार बिहान अन्दाजी ४० वर्षीय एक पुरुषलाई टाउकोमा गम्भीर चोट लागेको अवस्थामा फेला परेपछि उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको र उपचारका क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।

शनिबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ सान्नानिटारमा सडक छेउमा  गम्भीर घाइते अवस्थामा फेला परेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई  कुनै सवारी साधनले ठक्कर दिएको आशंका गरिएको छ। मृतकको नाम, थर र वतन खुल्न सकेको र  शव हेटौंडा अस्पतालमै राखिएको छ।

प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ। सवारी ठक्कर वा अन्य कुनै आपराधिक कारणले मृत्यु भएको हो वा होइन भन्नेबारे थप विवरण आवश्यक अनुसन्धानपछि मात्र खुल्ने मकवानपुर प्रहरीले जनाएको छ ।