हेटौंडा – नेपालका फिफा रेफ्री कबिन ब्यन्जनकार र फिफा सहायक रेफ्री युनाल मल्लले श्रीलंकामा आयोजना हुने साफ यू–१७ पुरुष च्याम्पियनसिप खेलाउने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार व्यन्जनकार र मल्लले यू–१७ साफमा रेफ्रीको भूमिकामा रहने जनाएको छ । जसमा फिफा सहायक रेफ्री युनाल मल्ल मकवानपुरका हुन् ।
साफ यू–१७ च्याम्पियनसिप आगामी सेप्टेम्बर ५ बाट श्रीलंकामा हुँदैछ ।पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ ।प्रतियोगितामा नेपाल समूह ुबीु मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ ।नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ ।
यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ ।समूह ुएु मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।