प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा अस्पतालमा २५ शैयाको मनोचिकित्सा वार्ड सञ्चालन

२०८० आश्विन २५, बिहीबार २१:०३ बजे

हेटौंडा – हेटौंडा अस्पतालमा मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई उपचार गर्न २५ बेढ सञ्चालनमा आएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालले मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई लक्षित गरी मनोचिकित्सा वार्ड सञ्चालन गरिएको हो । २५ बेढको यस वार्डको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन् गरे ।

कार्यक्रममा बोल्दै मन्त्री जोशीले हेटौंडा अस्पातललाई प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा विकास गरिने बताए । मानसिक स्वास्थ्यका कारण पनि आत्म हत्या धेरै बढेकाले यसको न्यूनीकरणका लागि उपचार सेवा थप गर्नुपरेको उनले बताए । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीले हेटौंडा अस्पतालमा आनसीक स्वास्थ्यको उपचार थप भएसंगै अब अरु सेवा पनि थप गर्ने योजनाका साथ लागिएको बताए ।

महगो मुल्यमा हेटौंडाका निजी मेडिकलहरुमा मानसिक रोग लागेका बिरामीहरुको उपचार गर्नुपर्ने समस्या हटेको मदन भण्डारी स्वाथ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले बताए । हेटौंडा अस्पतालमा २५ शय्या क्षमताको मनोचिकित्सा वार्ड सञ्चालनमा आएसंगै मकवानपुर र आसपासका क्षेत्रका बिरामीहरुलाई सहज भएको छ । अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै राख्न मिल्ने गरी मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याइको हो ।

गत असारबाट अस्पतालमा एक जना मनोरोग विशेषज्ञ नियुक्त गरी ओपीडी मार्फत् सेवा प्रवाह गर्दै आएको थियो । हाल सेवालाई विस्तार गरी आकस्मिक र बिरामी भर्ना सेवासमेत सञ्चालन सुरु भएको हो । वार्ड सञ्चालनका लागि एक जना विशेषज्ञ चिकित्सक नियुक्त भइसकेको र थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरिएको छ । वार्ड सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिबाट ५ लाख रुपैयाँ खर्च गर्ने योजना अनुसार व्यवस्थापकीय काम भइरहेको प्रसाईले बताए ।